काभ्रे । काभ्रे जिल्लामा कोरोना संक्रमितहरु बढ्न थालेपछि मानिसहरुको भिडभाड हुने कुनैपनि कार्य गर्न नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले सुचना जारी गरेको गछ । उक्त सुचनाको उलंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
आज शुक्रबार जारी गरेको सुचनामा उल्लेख भएको छ—रोगको संक्रमण बड्दै गएको र अझै बढ्ने संभावना रहेकोले जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गलायतका बिभिन्न स्थानहरुमा रहेका बजार अत्यावश्यक बाहेकका कुनैपनि प्रकारका वैठक, समिक्षा, गोष्ठी, सेमिनार, छलफल जस्ता कुनैपनि भेला हुने कार्य नगर्न नगराउन सुचना जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस