२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

दोलखामा एक साता लकडाउन


२२७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • कोरोना संक्रमण फैलिन नदिन तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन दोलखामा एक साता लकडाउन घोषणा गरिएको छ । ४ दिनको अवधिमा दोलखामा ८ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै लकडाउन घोषणा गरिएको हो ।
    जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले साउन ३१ गते बिहान ६ बजे देखी भदौ ६ गते राति १२ बजे सम्म लकडाउन घोषणा गरेको छ । लकडाउनको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हिडडुलमा पुर्ण रुपमा निषेध गरिएको छ । त्यसैगरि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गैह्रसरकारी कार्यालयहरु बन्द हुनेछ ।
    जिल्लाभर सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक साथै जिल्लाभरका बजार पसल पुर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक वस्तु विक्री गर्ने पसलहरु खाद्यान्न तरकारी, दुग्ध पदार्थ बिहान १० बजे सम्म खुल्ला रहने दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार