२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रे पाँचखालमा रहेको इट्टा उद्योगको पोखरीमा डुवेर एकको मृत्यु


२२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका–९ माडीगाउँस्थित पलाञ्चोक भगवती ब्रीक इन्ड्रष्टिज प्रालिको पोखरीमा डुबेर आज एक पुरुषको मृत्यु भएको छ । पोखरीमा डुबेका पाँचखाल–१२ का ५४ वर्षीय काजीमान दनुवारको शव चार घण्टापछि निकालिएको हो ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक राजेश अधिकारीले अपराह्न ४ बजे पोखरीबाट सुरक्षाकर्मी र स्थानीयवासीबाट पोखरीमा खोजी गरी दनुवारको शव भेटिएको बताए । दनुवार मध्याह्न करीब १२ बजे पोखरीमा डुबेको अनुमान गरिएको छ । एक्स्काभेटरको सहयोगले पोखरीको पानी पाँच फिट खोलेपछि दनुवारको शव भेट्टाइएको स्थानीयवासी तोरण दनुवारले जानकारी दिए ।

    उनका अनुसार अन्य दुई साथीसँग घुम्दै हिँडेका बेला गर्मी भई डिल बसेर मुख धुने क्रममा दनुवार चिप्लिएर पोखरीमा डुबेका थिए । भक्तपुरका व्यवसायी र  स्थानीयवासीको साझेदारीमा सञ्चालित उक्त उद्योगले वर्षौँदेखि चिनियाँ गुणस्तरको इँटा उत्पादन गर्दै आएको छ । उद्योगले पानीका लागि बनाएको उक्त पोखरीमा तारजालीले घेरिएको छैन । सडक नजीकै रहेको  पोखरी करीब १५ फिट गहिरो रहेको  उद्योगले आफ्नो पोखरीमा पर्खाल तथा तारजाली नलगाउँदा केही वर्षदेखि पोखरीमा डुबेर मृत्यु हुने घटना दोहोरिरहेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार