२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा कोरोनबाट थप एकको मृत्यु, काभ्रेमा मृत्यु हुनेको संख्या दुई पुग्यो


२३५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे– कोरोनाका कारण जिल्लामा धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उहाँलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।

    उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरु दुवै जना काठमाडौंमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परीक्षण भइरहेको छ ।

    यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो । जेष्ठ नागरिकको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताउनुभयो । कोरोनाका कारण जिल्लामा दोश्रो व्यक्तिको निधन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार