२ भदौ, काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।
धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस