२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आईतबारबाट पाँचखालमा बैंक संञ्चालन हुने, कुन दिन कुन बैंक खुल्ने ?


२६७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर राख्दै बन्द गरेको बैंकहरु आईतबारबाट सिमित बैंकिङ्ग सेवा प्रदान गर्नेगरी आईतबार (भाद्र ७) बाट संञ्चालन हुने भएको छ ।
    पाँचखाल नगरले आज (विहिबार) पाँचखालमा रहेका बैंकहरुलाई सुचना जारी गर्दै बैंक संञ्चालनको लागि अनुरोध गरेको छ । सुचनामा उललेख भएको छ—नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सिमित समयमा भिडभाड नहुने ढंगबाट बैक संञ्चालन गर्न अनुरोध गरेको छ ।
    नगरवासिहरुको आर्थिक कारोबारमा कुनै समस्या आउन नदिनको लागि बैकहरु संञ्चालन गर्ने तयारी गरेको नगरका प्रमुख प्रसाशकिय अधिकृत लोक बहादुर भण्डारीले जानकारी गराउनु भयो । भाद्र ७ गतेबाट संञ्चालन हुने बैंकहरु पालै पालो मिलाएर संञ्चालन हुने भएको छ । जसमा आइतबार, मंगलबार र विहिबार—नविल, लक्ष्मी, एन.सि.सि, एन.आई.सि.एसीया र शिन्धु विकास बैक रहेको छ । तेसैगरी सोमबार, बुधबार र शुक्रबार नेपाल बैंक,प्रभु बैक, कृषि बिकास र कुमारी बैकबाट कारोबार हुने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार