गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रामा मदिरा सेवन गरेको प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थले जानकारी दिए ।
उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् । वडा नम्बर २ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर मृत फेला परेका हुन् । उनको हृदयघातबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
गत राति नै जिल्लाको चन्द्रकोट गाउँपालिकामा तीज गीत नाच चलिरहेको बेला दुई युवा समूहबीच कुटपीटको घटना घटेको छ । चन्द्रकोट–५ स्थित रविन पुनले मदिरा सेवन गरी १७ वर्षीय आकाश पुनलाई दाउरो प्रहार गरि गम्भीर घाइते बनाएको डिएसपी पन्थीले बताए ।प्रहरीले कुटपिट गर्ने पुनलाइ नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस