२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

उपत्यकामा ३६ जना सशस्त्र प्रहरीमा कोरोना


२५४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सशस्त्र प्रहरी बल(एपीएफ)का काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा काेराेना संक्रमण भेटिएको पुष्टि गरे ।

    डिआइजी अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा काेराेना देखिएको हो । गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए । सिमा सिल गर्ने क्रममा काठमाडौंबाट उनीहरु तराईका विभिन्न जिल्लामा गएका थिए ।

    त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी गरिएकाे प्रवक्ता अर्यालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार