६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २-२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १-१ जनामा संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ । यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस