रमन वन खोटाङ,
जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी गाउपालिकामा असक्त, अपाङ्ग ज्येष्ठ नागरिकसहित ४ जनालाई नागरिकता प्रदान गरेको छ ।
लामिडाँडा भालुढुंगाका ७१ वर्षीया फुल कुमारी माझी, ६८ वर्षीया खरा माझी, हलिवनका ७४ वर्षिय विवा माझी र तिर्पाका २२ वर्षीय रेवत मगरलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल,जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरिया, जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुव्वा सिताराम आचार्य , खरिदार ओसन वावु सुवेदी, गाउपालिका अध्यक्ष लिलानाथ निरौला लगायतको टोली शनिबार घरैमा पुगेर नागरिकता प्रदान गरेकोे हो ।
हालसम्म सदरमुकाम दिक्तेल उपस्थित भई नागरिकता लिन नसकिरहेका नागरिकहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको रावाबेंशी गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस