७ भदौ, काठमाडौं । बनेपाको स्पाइनल इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी सबैको शनिबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । झाका अनुसार योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १३९ पुगेको छ ।
उता स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल इन्जुरी अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा गएको अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस