काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला छन् । यो मृत्युदर ० दशमलव ४७ प्रतिशत भएको प्रवक्ता गौतमले बताए ।मुलुकभर पछिल्लो २४ घन्टामा ८१८ जना संक्रमित र २८१ जना डिस्चार्ज भएका छन्
प्रतिक्रिया दिनुहोस