रमन वन १० भाद्र खोटाङ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित पात्लेमा बोलेरो दुर्घटना भएको छ ।
आज बिहान सदरमुकाम दिक्तेल बजारबाट काठमाडौ तर्फ जाँदै गरेको को.२ च १८३३ नम्बरको बोलेरो पात्लेको घुम्तीमा तिब्रगतिका कारण दर्घटना हुँदा चालक रुद्रबहादुर खत्री गम्भीर घाइते भएका छन् । बोलेरो सडकबाट करीब ६० मिटर तल खसेको जानकारी प्राप्त भएको छ ।।
उदयपुरको त्रियुगा नगरपालिका ७ घर भएका २१ वर्षीय चालक खत्रीको अहिले हलेसीस्थित सिद्धबाबा पोलोक्लिनिकमा उपचार भई रहेको छ । साथै घाइते चालकको देब्रे आँखामाथी गहिरो चोट लागेको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस