२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

आज कोरोबाट मृत्यु हुनेको संख्या ९, हाल सम्म १९२ को मृत्यु (विवरण सहित)


२३०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, १२ भदौ । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ । कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा १ जनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्तमाका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

    त्यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार अस्पतालको गेटमै मृत्यु भयो ।

    मोरङको विराटनगरमा पनि एक महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङकी एक महिलाको आज मृत्यु भएको छ । बेलबारी घर भएकी ५६ वर्षीया महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

    चितवनमा कोरोनाका कारण दुई जनाको शुक्रबार ज्यान गएको छ । चितवनको पुष्पाञ्जली अस्पतालमा भरतपुरका ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौँडाकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।

    त्यस्तै झापाको दमकका ८३ वर्षीय पुरुषको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै भक्तपुरमा पनि ६५ वर्षीया महिलाको मृत्यु भएको छ । गठ्ठाघरकी ती महिलाको नागरिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

    त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएका उदयपुरका एक ५२ वर्षीय पुरुषको पनि कोरोना पुष्टि भएको छ । ती पुरुषको गएको ९ गते अस्पतालमा उपचार सुरु भएसँगै ज्यान गएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार