आई.आर.के.मैनाली
१२ भाद्र २०७७
काभ्रे । काभ्रेमा आज सम्म २९ जनामा कोरोना पष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झा का अनुसार इस्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २० पुरुष र ७ जना महिला लाई कोरोना पुष्टि भएको हो ।
त्यसैगरी शिरमेमोरियल अस्पतालमा १ जना पुरुष र भुम्लु गाउंपालिकाको १ जना समेत गरि २९ जनालाई कोरोना पुष्टि भएको हो । उनिहरुको विभन्न अस्पतालमा उपचार सुरु गरिएको जानकारी प्राप्त भएको छ ।
आज समाचार तयार पारुनजेल सम्म काभ्रेमा २१९ जनालाई कोरोना संक्रमण भएको छ, संक्रमित मध्य २ को मृत्यु भएको छ । ८१ जना उपचार पश्चात घर फर्किएका छन् भने १३६ जनाको बिभिन्न अस्पतालमा उपचार हुदै छ ।
प्रतिक्रिया दिनुहोस