२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा २७५ लाई कोरोना पुष्टि , बिभिन्न अस्पतालमा १७० को उपचार हुदै,


२२५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    १५ भाद्र २०७७
    काभ्रे । काभ्रेमा आज सम्म २७५ जनालाई कोरोन संक्रमण भएको छ । जसमध्य १०३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । १७० को बिभिन्न अस्पतालमा उपचार हुंदै गरेको छ भने २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी गराउनु भएको छ ।

    काभ्रेमा हिजो भाद्र १४ गते धुलिखेल अस्पतालमा गरिएको पिसिआरमा धुलिखेलका ३ जना महिला र ३ जना पुरुष गरी ६ जनलाई पोजेटिभ देखिएको थियो । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा शिर मेमोरियल अस्पतालका विरामी र स्वास्थ्यकर्मी गरी ३ जना महिला समेतमा पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परिक्षणमा भुम्लु गाउंपालिकाका १ जना महिला र नमोबुद्ध नगरपालिकाका १ जना पुरुषमा समेत गरी हिजो ११ जनामा पोजेटिभ देखिएको थियो ।

    त्यसैगरी आज भाद्र १५ गते धुलिखेल अस्पतालमा भएको पिसिआरमा धुखिेल अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, १ जना धुलिखेल र १ जना पनौती नगरपालिकाका नागरिक समेत गरी ६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार