२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

जालपामा नासपातीबाट जुस


२६७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ ।

    नासपातीलाई सदुपयोग गर्दै आम्दानीको स्रोतको रुपमा विकास गर्नको लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो ।

    नासपातीबाट जुस र पेरी उत्पादनका लागि हात तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपाती सङ्कलन सुरु गरिएको वडाध्यक्ष विकास राईले बताउनुभयो ।

    जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नासपातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गर्ने तयारी गरिएको वडाध्यक्ष राईको भनाइ छ । जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार