२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

चीन र भारतबीचको झडप, भारतिय सैनिकको मृत्यु


२५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • १७ भदौ, काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ ।

    द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको हो । भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।

    पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ । दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता तनाव बढ्दो क्रममा रहेको अवस्थामा शनिबार र सोमबार दुई झडप भएका हुन् । यो झडप हुनुमा भारत र चीन दुवैले एकअर्कालाई दोष दिँदै आएका छन् ।

    दुवै पक्षले आधिकारिक रुपमा यो झडपमा भएको हताहतीको विषयमा कुनै जानकारी दिएका छैनन् । तर, निर्वासित तिब्बतियन संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीले तिब्बती मूलका भारतीय सैनिकको यो झडपको क्रममा मृत्यु भएको बताएकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार