२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

२२ बर्षिय महिलाले एकै पटकमा चार शिसुलाई जन्म दिइन्


२३४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • जनकपुर, १७ भदौ । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले एकै पटकमा ४ बच्चालाई जन्म दिएकी छिन् ।

    अरमानाले ३ छोरी र १ छोरा जन्माउनु भएको छ । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।

    शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताइन । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी दिइन् ।

    प्रसुतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रियामार्फत ती बच्चाहरु निकाल्नु भएको हो । डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु ‘दुर्लभ’ घटना रहेको बताए ।

    यता एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी अरमानाको अवस्था गम्भीर छ । उनको फोक्सोमा पानी जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा. एसके सिंह बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार