१८ भदौ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोरोना संक्रमण ८ जनामा पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अुनसार संक्रमितहरु धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना महिला गरी ४ जना, पनौतीका २ जना महिला, स.प्र. वल नेपाल नं. १५ गण काभ्रेमा कार्यरत २ जना पुरुष कर्मचारी रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमित २ सय ९४ जना पुगेको छ । १ सय ११ जना उपचार पश्चात निको भइ डिस्चार्ज भएकाछन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरि १ सय ८१ जना व्यक्तिहरु विभिन्न अस्पतालहरु तथा होम आइसोलेशनमा उपचार भइरहेको डा. झाले जानकारी दिए ।
काठमाडौंका विभिन्न स्थानमा काभ्रे स्थायी घर भएका ११ जना संक्रमितहरु रहेका छन् । उनीहरु विभिन्न अस्पताल र होम अइसोलेशनमा रहेका छन् । डा. झाका अनुसार शसस्त्र प्रहरी वल, नेपाल बलम्बु अस्पतालमा ३ जना, सैनिक अस्पताल, छाउनीमा १ जना, पाटन अस्पतालमा १ जना, ह्याम्स अस्पतालमा १ जना, वीर अस्पतालमा १ जना, होम आइसोलेशनमा ४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस