२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

लफ्याङमा ‘शैक्षिक तथा सचेतना अभियान सुरु,


२०८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ‘शैक्षिक तथा सचेतना अभियान सुरु गरिएको छ । कोभिडका कारण लामो समयदेखि अवरुद्ध शैक्षिक सिकाइलाई सुचारु गराउने विकल्पको रुपमा श्रीमाबि बासबोटे लफ्याङले ५ दिने शैक्षिक तथा सचेतना अभियान सुरु गरेको हो ।

    यस अभियानमा प्रत्येक विद्यार्थीको घरमा पुग्ने, अभिभावकलाई भेट्ने र रुटिन बनाएर विद्यार्थीलाई होमोर्क दिनेलगायत घरैमा अध्ययन गर्ने वातावरण बनाउनका लागि मंगलबारदेखी कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायाम गर्दै विध्यालय व्यावस्थापन समिति, शिक्षक तथा अविभावकहरुको उपस्थितीमा घरदैलो अभियान थालिएको श्रीमाबि बासबोटेका प्रधानाध्यापक जसराज किराँतीले बताउनुभयो ।

    विद्यार्थीले हरेक विषयका लागि दैनिक कम्तीमा आधा–आधा घण्टाको रुटिन बनाएर पढ्नुपर्ने, पढेको विषय, अध्ययन गरेको पाठ, अध्ययन गरेको मितिलाई कापीमा उल्लेख गरेर चेकजाँचका लागि विद्यालयले मागेको समयमा उपलव्ध गराउनुपर्ने व्यवस्थापन समितिले जनाएको छ।

    २०१७ सालमा स्थापना भइ कक्षा १२ सम्मको पठन–पाठन हुँदै आएको विद्यालयमा हाल ४ सय ५५जना विद्यार्थी रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार