२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा १७ लाई कोरोना पुष्टि


२९३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • २० भदौ २०७७
    धुलिखेल । आज (शनिबार) मात्र १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अुनसार आज पनि बनेपा गरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । कुल १७ जना मध्य बनेपा नगरपालिकामा ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

    त्यसैगरि धुलिखेल नगरपालिकामा १ जना पुरुष, पनौनी नगरपालिकामा २ जना महिला, मण्डनदेउपुर नगरपालिकामा १ पुरुष, भुम्लु गाउँपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य प्रमुख डा. झाले जानकारी दिए ।

    झाका अनुसार हालसम्म काभ्रेमा संक्रमित संख्या ३ सय १६ पुगेको छ । जसमा १२१ जना महिला र १९५ जना पुरुष रहेका छन् । निको भइ घर फर्केको संख्या पनि १ सय १७ पुगेको छ । जसमा ३८ जना महिला र ७९ जना पुरुष रहेका छन् । त्यसैगरी २ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ८५ रहेका छन् । जसमा महिला ७७ जना र पुरुष १ सय ८ जना रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार