२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा भदौ २८ गतेसम्म बन्द


२०८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • भकुण्डे–नमोबुद्ध नगरपालिकाले नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवाहरु भदौ २८ गतेसम्म वन्द गर्ने निर्णय गरेको छ । यसअघि एक साताका लागि भदौ २२ गतेसम्म सेवा वन्द गरिएकोमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येजनर गर्दै भदौ २८ गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

    भदौ २३ गते मंगलबार बसेको नगरप्रमुखस्तरीय निर्णयबाट भदौ २४ गतेदेखि सेवा वन्द गरिएको जनाउँदै नगरपालिकाले यसबाट नगरबासीमा पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ । नमोबुद्ध नगरपालिकाले एक कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएपछि भदौ १४ गते बसेको नगर कार्यपालिकाको बैठकबाट भदौ २२ गतेसम्म सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो । यसबीचमा ती पुरुष कर्मचारीको कन्ट्याक्ट ट्रेसिङको क्रममा २१ जनाको स्वाब संकलन गरिएकोमा २० जनामा कोरोना भाइरस संक्रमण नरहेको पाइएको थियो भने एकजना महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । दुबैजना कर्मचारी अहिले नगरपालिकाको आइसोलेसनमा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार