२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

आजबाट दुई हजारमा पिसिआर परिक्षण हुने


२०८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • २८ भदौ, काठमाडौं । कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ ।

    ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए ।

    उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

    अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।

    पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्%Eको शुल्क २ हजार रुपैयाँ कBEAFम गरिएको भण्डारीले जानकारी दिए ।

    एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।

    उनले अनलाइनखबरसँग भने ‘एउटा कम्पनीले १०० जनाको परीक्षणका गराउँदा ४ लाख लाग्नेमा अब त्यही पैसाले २०० जनाको परीक्षण गर्न सकिने भयो । यस्तो अवस्थामा संस्थागत पीसीआर परीक्षणको संख्या पनि बढ्न जान्छ, जुन कोरोना रोकथामका लागि सहयोगी बन्न सक्छ ।’

    असार १३ गतेदेखि पीसीआर टेस्ट सुरु गरेको ल्याबले भदौ २७ गतेसम्म प्रतिपीसीआर ४ हजार  रुपैयाँ शुल्क तोकेको थियो । यो समयमा साढे १० हजार पीसीआर टेस्ट भएको छ ।

    अब ल्याबले शुल्क २ हजारमा झारेको छ । विदेशबाट आएकाहरूलाई तोकिएको मूल्यमा पनि १०० रुपैयाँ छुट दिने भएको छ । यो समय धेरै नाफाका लागि भन्दा पनि संस्थाको इमेज बनाउने समय समेत भएकोले राष्ट्रिय अर्थतन्त्रको अवस्थालाई हेरेर यस्तो शुल्क घटाउने निर्णय गरिएको पनि उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार