२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोनाबाट जोगाउन जेसिजको सकृयता


२६५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोनाबाट नेपाली जनतालाई जोगाउने अभियानमा पाँचखाल जेसिज जुटेको छ ।
    पाँचखाल जेसिजले भिडभाड हुने बिभिन्न स्थानमा सचेतना मुलक कार्यहरुका साथमा कोरोनाबाट जोगिनको लागि स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण थालेको छ ।
    भिडभाड हुने स्थानमा संभावित जोखिमलाई मध्यनजर गर्दै पाँचखाल नगरपालिकाका विभिन्न व्यस्त हुने स्थानहरुमा कोरोना बारे सचेतना जगाउँदै मास्क र स्यानिटाईजर वितरण गरेको पाँचखाल जेसिजका अध्यक्ष दिलिप आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पाँचखालका भिडभाड हुने ठाउँहरु समाजकल्याण चोक, पलाञ्चोक भगवती बजार, वडा नं १२ को रानीपानी क्षेत्रका ११ सय भन्दा बढिलाई मास्क र स्यानीटाईजर वितरण भएको हो । सोमवार पाँचखाल २ को अनैकोट तिनकुने क्षेत्रमा वितरण गर्ने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
    वितरण कार्यक्रममा पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवार, पाँचखाल वडा नं ३का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठ, पाँचखाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सुनिल लुईटेल, महासचिव राजाराम पौडेल, कानुनी सल्लाहकार यादव सापकोटा, कोषाध्यक्ष्य मनोज थापा, उपाध्यक्ष सरिता अधिकारी र सोबिता दाहाल , सदस्यहरु निराजन लुईटेल,रामेश्वर दाहाल, मनोज वजगाँई, मकर खत्री, बिष्णुकुमार श्रेष्ठ,श्याम सापकोटा, राममणि सापकोटा गोपाल श्रेष्ठ र जेसिज अभियानका सुवेच्छुक देवराज बञ्जारा , देवु पौडेल, सुदर्शन आचार्य ,बद्रीनाथ लुईटेल र माधव लुईटेल लगायतको सहभागीता रहेको थियो ।

    पाँचखाल नगरकाका प्रवक्ता संजय तामाङबाट स्वास्थ्य सामाग्री सहयोग
    जेसिज अभियानमा पाँचखाल नगरपालिकाका प्रवक्ता एवं वडा न ८ का अध्यक्ष संजय तामाङबाट २१ सय थान सर्जिकल मास्क सहयोग भएको थियो । जेसिजका कोषाध्यक्ष मनोज थापाको सहजीकरणमा प्रवक्ता तामाङले मास्क लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार