२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कोरोना विरुद्धको अभियानमा पाँचखाल जेसिज


३२६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोनाबाट नेपाली जनतालाई जोगाउने अभियानमा पाँचखाल जेसिज टोलटोलमा पुगेको छ ।

    पाँचखाल नगरपालिकाको उप—मेयर लक्ष्मी दनुवार, पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ समेतको जनप्रतीनिधिहरुको सहभागितामा पाँचखाल जेसिजले नगरको बिभिन्न बस्तीहरुमा पुगेर कोरोना विरुद्ध अभियान चलाउंदै स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।

    अभियानको क्रममा उप—प्रमुख दनुवारले भन्नुभयो विश्वमा कोरोना संक्रमण देखिएसंगै पाँचखालमा बिभिन्न खाले जनचेतना फैलाउने काम गर्न सफल भएकोले पाँचखालमा रोगको प्रकोप फैलन नपाएको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल जेसिजले नगरका बिभिन्न बस्तिहरुमा पुगेर कोरोना बाट आफु जोगिने र अरुलाई पनि जोगाउने अभियान चलाएकोमा धन्यवाद दिदै यस्तो सकारात्मक अभियानले रोगको महाँमारी फैलन नपाउने बताउनु भयो ।

    कोरोना रोग बिरुद्धको अभियानमा जुटेका पाँचखाल जेसिजका अध्यक्ष दिलिप आचार्यले महाँमारी फैलन नदिनको लागि आफुहरुले अभियान चलाएको र यस्ता अभियानलाई निरन्तरता दिने बताउनु भयो । उहाँले थप्नुभयो नगरका भिडभाड हुने स्थानमा संभावित जोखिमलाई मध्यनजर गर्दै पाँचखाल नगरपालिकाका विभिन्न व्यस्त हुने स्थानका साथै बस्ति बस्तिमा पुगेर जनतेतना मुलक अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

    पाँचखाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सुनिल लुईटेल, महासचिव राजाराम पौडेल, कानुनी सल्लाहकार यादव सापकोटा, कोषाध्यक्ष्य मनोज थापा, उपाध्यक्ष सरिता अधिकारी र सोबिता दाहाल , सदस्यहरु निराजन लुईटेल,रामेश्वर दाहाल, मनोज वजगाँई, मकर खत्री, बिष्णुकुमार श्रेष्ठ,श्याम सापकोटा, राममणि सापकोटा गोपाल श्रेष्ठ र जेसिज अभियानका सुवेच्छुक देवराज बञ्जारा , देवु पौडेल, सुदर्शन आचार्य लगायतको सहभागीता अभियानलाई निरन्तरता दिदै आएको छ । जेसिजले अभियान चलाई रहने क्रममा पाँचखाल नगरकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङबाट २१ सय थान सर्जिकल मास्क सहयोग भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार