३१ भदौ २०७७
धुलिखेल । काभ्रेमा आज (बुधबार) २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण आज एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा काभ्रे जिल्ला पनौती घर भई काठमाडौंमा उपचारत ४१ वर्षीय पुरुष रहेका छन् ।
डा. झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ६ जना महिला र ५ जना पुरुष सहित ११ जना, मण्डनदेउपुर नगरपालिका १ जना पुरुष र पनौती नगरपालिकाका १ जना महिला, चौंरीदेउराली गाउँपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका ३ जना पुरुष र २ जना महिला गरी ५ जना, रोशी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ४ सय ३९ पुगेको छ । जसमा महिला १ सय ७३० जना र पुरुष २ सय ६६ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा २ सय ८३ रहेका छन् । जसमा महिला १ सय ४ जना र पुरुष १ सय ७९ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ५२ जना रहेका छन् । जसमा महिला ६६ जना र पुरुष ८६ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य ९५ जना अस्पतालको आइसोलेशनमा र ५८ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रभन्दा बाहिर अस्पताल आइसोलेशनमा २४ पुरुष र ३ महिला र होम आइसोलेशनमा २ महिला र ३ पुरुष गरी ३२ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको छ भने जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस