२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम


२६२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।क्रिष्टियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता WE_FEELपरियोजनाअन्तर्गत अजम्बरी कृषक समूहमा पशुलानका लागि कार्यक्रम ल्याइएको हो ।

    दिगो भू—व्यवस्थापनका माध्ययमबाट कृषि उत्पादन र उत्पादकत्व बृद्धी गरी कृषकको जीवनस्तर सुधार गरी अत्मनिर्भता तर्फ उन्मुख गराउनका साथै समृद्ध नगर निर्माणमा नगरपालिकालाई सहयोग पु¥याउन, कम्पोष्ट मल प्रवर्धन मार्फत अर्गानिक कृषि उत्पादनमा जोड दिन नगरपालिकासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रबन्धक युवराज रिजालले जानकारी दिनुभयो ।

    ल्मा स्थित अजम्बरी कृषक समूहका १९ घर परिवारमा सुधारिएको स्थायी र दीगो जस्तापाताको छाना सहितको फलामे ट्रष्ट लगाएर गोठ निर्माण गरिएको छ । नगरपालिकाले गोठ निर्माणका लागि सिमेन्ट उपलब्ध गराएको छ भने अन्य ट्रष्ट तथा छाना निर्माण कार्यका लागि बालसेवा समाज नेपालको करीब ७ लाख ९५ हजार रुपैयाँ र समूदायको समेत थप लगानीमा उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

    एउटा गोठ निर्माण गर्न करीब ६५ हजार लागत लागेको र नगरपालिका, बालसेवा समाज तथा स्थानीय जनसमूदाय समेतको करीब १२ लाख ३५ हजार लगानीमा यो कार्य सम्पन्न गर्न सम्भव भएको प्रवन्धक रिजालको भनाई छ ।

    नगरपालिकाले स्थापना गरेको कम्पोष्ट मल प्लान्ट सञ्चालनका लागि सहयोग पु¥याउने उदेश्यले आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको बाहलीबाट उक्त कृषक समूहका १९ घर परिवालाई संस्थामार्फत जस्ता पाता हस्तान्तरण गरिएको हो ।

    पूर्वी नेपालमा अवस्थित खोटाङ जिल्लामै पहिलो पटक कृषक समूह गठन गरी एकै ठाउँमा यस किसिमको गोठ निर्माण गरिएको छ । संस्थाले ५० वटा गोठ सुधारको लक्ष राखेकोमा खार्मी र पाथेकामा पनि अन्य गोठ निर्माणको कार्य अन्तिम चरणमा पुगेकोे जनाएको छ । उक्त गोठ पनि चाँडै हस्तान्तरण गरिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार