२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कलोबजारी गर्नेलाई तीन लाख जरिवाना


२२८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • आई. आर.के मैनाली

    काठमाडौं, ३ असोज । कृतिम अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ।

    प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सृजना गरेपछि व्यापारीहरूलाई नगद जरिवाना तिराउन थालिएको हो।

    यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीका लागि लेखेर पठाउने गरेको छ।

    यसका आधारमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना तिराउने गरेको छ। यस क्रममा हिजो विभागले वडा ३२ तीनकुनेको हरित सामुदायिक कृषि बजारमा होलसेल गर्ने ३ जना व्यापारीलाई तरकारी विषयगत क्षेत्रअन्तर्गत जनही ५५र५५ हजार रुपैयाँ जरिवाना तिराएको हो।

    यसरी जरिवाना तिर्नेमा उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र बिजेश गौतम छन्। हिजै बिहान भएको अनुगमनका क्रममा व्यापारीले बिल लिने दिने नगरेको, सामान प्याज लुकाएको, व्यवसाय दर्ता नगरेको, स्टोर प्रमाणित नगराएको, नापतौल अद्यावधिक नगरेको जस्ता त्रुटी गरेका कारण कारोबार रोक्का राखेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो।

    यसैगरी वडा १३ कालीमाटीको आर के ट्रेडर्सलाई ३ लाख रुपैयाँ, रञ्जन आलु प्याज भण्डारलाई २ लाख ५० हजार रुपैयाँ, वडा १४ बल्खुको पशुपति आलु प्याज स्टोरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ। भदौ २९ गतेको अनुगमनका क्रममा भेटिएको बिल बिजकविना खाद्यान्नको होलसेल गर्ने न्यु सापकोटा स्टोरलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार