२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा १० जनालाई कोरोना पुष्टि


२३१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असोक कुइकेल

    ३ असोज २०७७
    धुलिखेल । काभ्रे जिल्लामा आज (शनिबार) १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार ७ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    डा. झाका अनुसार संक्रमित हुनेहरुमा बनेपा नगरपालिकाका ५ महिला र १ पुरुष, पनौती नगरपालिकाका १ महिला, मण्डनदेउपुर नगरपालिकाका १ महिला र १ पुरुष र भुम्लु गाउँपालिकाका १ पुरुष रहेका छन् ।

    यससँगै काभ्रेमा संक्रमित हुनेको संख्या ४सय ५३ पुगेको छ । झाका अनुसार निको भई घर फर्केको संख्या भने २ सय ९४ रहेको छ ।

    त्यसैगरी काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ५५ रहेको छ । जसमा ६६ जना महिला र ८९ जना पुरुष रहेका छन । सक्रिय संक्रमित मध्य अस्पताल आइसोलेशनमा ९७ जना र होम आइसोलेशनमा ५८ जना उपचाररत छन् ।

    डा. झाका अनुसर काभ्रे स्थायी घर भई काभ्रे बाहिर २७ पुरुष र ६ महिला गरि ३३ जना संक्रमित रहेका छन ।
    हालसम्म काभ्रेमा कोरोना संक्रमणबाट ४ पुरुष र ३ महिला गरि ७ जनाको मृत्यु भइसकेको छ । जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार