२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

स्कोर्पियो पुरिँदा चालकको मृत्यु


२४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • हेटौँडा, असोज ७ गते । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत मकवानपुरको भीमफेदी–कुलेखानी सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिक स्कोर्पियो पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ ।

    बुधबार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कोर्पियोका चालक बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नं.४ का ४० वर्षीय युनिष आलमको घटनास्थलमा नै मृत्यु भएको हो ।

    बा १७ च ४८७४ नम्बरको स्कोर्पियोमाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मृतक आलमको शव हेटौँडा अस्पताल ल्याइएको छ । सोही स्थानमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको पहिरोले बा ९७ प ४८५१ नम्बरको मोटरसाइकलसहित पुरिएका मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको छ ।

    काठमाडौँ महानगरपालिका २७ स्थित मण्डिखाटारका ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय सञ्जीव अधिकारीलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।

    यसैबीच बुधबार बिहानदेखि परेको अविरल वर्षाका भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउराली नजिक पहिरो जाँदा उक्त सडक खण्ड अवरुद्ध बनेको छ । यस्तै मङ्गलबार राति इन्द्रेसरोबर गाँउपालिका वडा नं. ३ माल्टामा गएको पहिरोले कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । दुवै स्थानमा गएको पहिरो पन्छााउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    उता मकवानपुरको रक्सिराङ गाउँपालिकामा ६ सिलिङ्गेमा लगातारको वर्षाका कारण आएको पहिरोमा परेर १७ वटा बाख्रा मरेका छन् । मङ्गलबार स्थानीय सुकबहादुर चेपाङको बाख्रा जङ्गलबाट ल्याउँदै गर्दा बाटोमा पहिरो गएर बगाएको वडा नं. ६ का वडाध्यक्ष सिंहलाल प्रजाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार