२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नमोबुद्धमा घटना दर्ता व्यवस्थापन सम्बन्धी तालिम


२८४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नमोबुद्ध । नमोबुद्ध नगरपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी तालिम आजदेखी भकुन्डेबेसीमा सुरु भएको छ ।

    भोलिसम्म सञ्चालन हुने दुई दिने तालिमको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएको छ । तालिममा नगरपालिका अन्तर्गत सबै वडा कार्यालयका वडा सचिवसहित नगरपालिकाका कर्मचारी सहभागी छन् । सहभागीहरूलाई धुलिखेल नगरपालिकाका अधिकृत गायत्रीरमण घिमिरे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत निर्मल शर्माले प्रशिक्षण दिनेछन् ।

    तालिमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कर्मचारी सक्षम बनेमात्र सेवाग्राहीले सहजरुपमा सेवा पाउने वताउनुभयो । राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई नसिहत दिने व्यवस्था गर्नुपर्ने पनि उहाँले वताउनुभयो । नगरपालिकाका सबै कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाइले नगरपालिकाले सबै पुराना अभिलेखलाई डिजिटलाइज्ड गर्न लागेको वताउँदै अहिलेको तालिमले त्यसमा थप सहयोगी भूमिका खेल्ने वताउनुभयो । सबै वडाबीच नेटवर्किङका लागि नगरले योजना तयार पारेको उहाँले वताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार