आइ.आर.के.मैनाली
काभ्रे । आज (शुक्रबार)काभ्रे जिल्लामा १२ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ५ पुरुष ३ महिला, पनौती नगरपालिकाबाट १ महिला, नमोबुद्ध नगरपालिका बाट १ पुरुष र भुम्लु गाउंपालिकाबाट १ पुरुष १ महिला गरी १२ जनालाई कोरोना पुष्टि भएको हो ।
माहाभारत गाउंपालिकाका २८ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा १४ गते बुधबार मृत्यु भएको थियो । पिसिआर रिपोर्ट अनुसार कोरोनाबाट मृत्यु भएको हिजो विहिबार पुष्टि भएको छ ।
आजको मितिसम्म ६७३ जनालाई कोरोना संक्रमित भएकोमा ४४६ जना निको भइसकेको छ । आज कोरोनालाई जितेर घर फर्कनेको संख्या १ रहेको छ ।
प्रतिक्रिया दिनुहोस