२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

नमोबुद्धको ‘नगर झण्डा’ सार्वजनिक


३२६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • भकुण्डेबेसी–नमोबुद्ध नगरपालिकाले नगर झण्डा सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको आज आइतबार बसेको बैठकले नगरको पहिचानसहितको नगर झण्डा परित गरेसँगै सार्वजनिक गरिएको हो ।
    नमोबुद्ध नगरपालिका ८ निवासी प्रेम श्रेष्ठले तयार पारेको झण्डालाई नगर कार्यपालिकाको बैठकले सर्वसम्मत पारित गरेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । झण्डामा रातो र निलो रंगको पृष्ठभूमिमा नगरपालिकाको लोगो राखिएको छ । यसले शान्तिभूमि नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने नगर प्रमुख शर्माले बताउनुभयो । नगरपालिकाको लोगोसमेत यसअघि श्रेष्ठले नै डिजाइन गर्नुभएको थियो ।
    नमोबुद्धको नगर कार्यपालिकाको बैठकले झण्डाका डिजाइनर श्रेष्ठलाई धन्यवादसमेत व्यक्त गरेको छ । यसैगरी आजकै कार्यपालिका बैठकले विद्यालय सञ्चालन सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित भएसँगै अब विद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढेको र असोज चौंथो साताबाट नगरभित्रका विद्यालयहरुमा पठनपाठन सुरु हुने नगरपालिका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले बताउनुभयो ।

    यसैगरी बैठकले नगरपालिकामा सूचना प्रविधि समिति गठन गरेको छ भने विभिन्न समितिहरुलाई पुर्णता दिने निर्णयसमेत गरेको छ । बैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्वन्धी कार्यविधि स्वीकृत गर्नुका साथै नगर युवा परिषद कार्यविधि २०७६ लाई संशोधनसमेत गरेको छ ।

    2 Attachments

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार