बुटवल — प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । कांग्रेस सांसदहरुले उठेर नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीमगरले २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रदेश ५ को नामकरण र राजधानीका बारेमा विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले माग गरेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता वीरेन्द्र कनौडियाले सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस