२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

डलर साट्ने बाहानामा ठगी गर्ने गिरोह पक्राउ


४६२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । सस्तोमा डलर उपलब्ध गराउने वाहानामा पाँचखाल नगरपालिका वडा नं ४ लामिडाँडामा बोलाई १० ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक गढी गा.बि.स. वडा नं. ४ हाल बाह्रबिसे नगर पालिका वडा नं. ५ बस्ने बर्ष ३८ को श्रीखण्ड तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ घर भइ काठमाडौ बुढानिलकण्ठ नगगरपालिका वडा नं. २ मा डेराकोठा गरि बस्ने हर्कतामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने वर्ष अं. ४७ को चैते भन्ने बुद्धि बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने वर्ष अं. ६० कोगोबिन्द तामाङ पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला नुवाकोट साबिक गाँउखर्क गा.बि.स. वडा नं. ०८ हाल दुप्चेश्वर गाँउपालिका वडा नं. ०२ को कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई मिति २०७७ ।०३।२० गतेको दिन अपरिचित व्यक्तिले फोन सम्पर्क गरी अमेरिकी डलर १७,०००। भेटाएको र सस्तो मुल्यमा दिने भनि पीडितलाई पटक पटक फोन सम्पर्क गरि बिभिन्न किसिमको प्रलोभन देखाई २०७७ ।०४।१२ गते दिउँसो पाँचखाल न.पा. वडा नं. ४ को लामीडाँडा भन्ने स्थानमा नुवाकोटबाट बोलाई भेट गरी १० लाख ठगि गरेको प्रहरीले जनाएको छ ।

    १० लाख मात्र दिई बाँकी पैसा पछि दिने भनि रुमालमा बाँधिएको अमेरिकी डलर भनिएको पोको दिई तत्काल पोको नखोल्नुस् अरुले देख्यौ वा प्रहरीले थाहा पाएमा तपाई र हामीलाई अप्ठ्यारो पर्छ भनि पिडितलाई अल्मल्याई पीडितसँग भएको १० लिई फरार भएको र उक्त डलर भनि दिएको रुमाल खोली हेर्दा सो रुमाल भित्र काटिएको कागजको बिटामात्र रहेको भन्ने उजुरीको आधारमा प्रहरीले खोजविन गरेको थियो ।

    घट्ना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली खटिई अनुसन्धान भईहरेको क्रममा २०७७।०६।१८ गते पिडितसंगको समन्वयमा प्रतिवादी मध्येका १ जना व्यक्तिलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं.०४ स्थितमा फेला पारी कानुन बमोजिम पक्राउ गरिएको, घट्नामा संलग्न अर्का १ जना काठमाण्डौ बुढानिलकण्ठबाट तथा अन्य २ जना व्यक्तिहरु सिन्धुपाल्चोक जिल्लाबाट कानुन बमोजिम पक्राउ गरी “मुलुकी अपराध संहिता, २०७४“ को ठगी सम्बन्धी कसुरमाआजै सम्मानित अदालतमा पेश गरी म्याद थप अनुमती लिईथप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारी प्राप्त भएको छ ।

    उक्त गिरोहबाट काभ्रे जिल्ला, काठमाण्डौ उपत्यका लगायत अन्य जिल्लाहरु समेत अनेकौ किसिमका घट्नाहरु घटाई फरार रहेको भनि अनुसन्धानबाट खुल्न आएको हुँदा सोही प्रकारका घटनाबाट पिडा भोगि रहेका पिडितहरुलाई प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न प्रहरीले खनुरोध गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार