२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु


२८६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • २१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

    जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

    मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

    बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ ।जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको डीएसपी श्रेष्ठले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार