२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

जिल्लाकै पहिलो भू–सेवा केन्द्र पाँचखालमा


११०८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । सरकारले जग्गा पास गर्न चाहिने निवेदन र लिखत स्थानीय तहबाटनै तयार गर्ने निर्णय गरेपछि काभ्रेमै पहिलोपटक पाँचखाल नगरपलिकामा भू–सेवा केन्द्र स्थापना भएको छ ।

    भू–सेवा केन्द्रको एक कार्यक्रमका बिच पाँचखाल नगरका नगर प्रमुख महेश खरेलले उद्घाटन गरे । कार्यक्रममा मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत लोक बहादुर भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई, नगरका शाखा प्रमुखहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    उद्घाटन कार्यक्रममा नगरप्रमुख खरेलले जनताको सेवाको लागि नगर लागिपरेका बताए । जिल्लामा पुगेर झन्झट बेहोर्दै आएका स्थानीयलाई यो केन्द्र स्थापना भएपछि सहयोग पुग्ने उनको भनाई छ ।

    कार्यक्रममा प्रमुख मालपोत अधिकृत भण्डारी, पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमागाई, नगरका शाखा अधिकृत राजेश बञ्जारा, मालपोत कार्यालय काभ्रेका सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाई लगायतले भू–सेवाबारे चर्चा गरे ।

    कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको हो । काभ्रेका असोज १ गतेबाट जिल्लाका १३ वटै पालिकाहरु मार्फत भू–सेवा केन्द्र अन्तर्गत निवेदन र लिखतको काम शुरु भएको भएपनि केहि स्थानीय तहमा भने कर्मचारी अभाव तथा प्राविधिक सामाग्रीको अभावमा भू–सेवा चलाउन नसक्ने बताएका छन् ।

    सरकारले यो बर्ष भित्र ६० वटा मालपोत कार्यालयको काम स्थानीय तह मार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाईनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ । स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाईनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा जग्गा प्रशासनको काम अनलाईनमार्फत गर्नको लागि लिखत गरिने र त्यो लिखत गर्न यस अघि मालपोत कार्यालयले गत बर्ष ५२ जना र यो बर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइएको थियो ।

    मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिसकेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार