२३ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (विहिबार) ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २४ जना संक्रमित भेटिएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १० पुरुष र १४ महिला, बनेपा नगरपालिकाका ११ पुरुष र ५ महिला, रोशी गाउँपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ९ सय ४० पुगेको छ । जसमा महिला ३ सय ३९ जना र पुरुष ६ सय १ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ५ सय ८३ रहेका छन् । जसमा महिला १ सय ९५ जना र पुरुष ३ सय ८८ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ४९ जना रहेका छन् । जसमा महिला १ सय ३३ जना र पुरुष २ सय १६ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय १० जना अस्पतालको आइसोलेशनमा र २ सय ३९ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ४ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १३ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ७ पुरुष र ६ महिला गरी १३ जनाको मृत्यु भएको छ भने जसमध्ये ३ पुरुष र २ महिला अन्य जिल्लाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस