२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

स्वास्थ्य कार्यालय, काभ्रे ‘सिल


३५७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २३ असोज २०७७
    धुलिखेल । कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय काभ्रेले सबै सेवा अनिश्चिकालका लागि बन्द गरिएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको हो ।

    कोरोना संक्रमित कर्मचारीसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको डाक्टर झाले एक सूचना जारी गर्दै बताएका छन् ।

    आजदेखि अर्को सूचना जारी नहुदाँसम्म कार्यालयको आन्तरिक काम मात्रै सञ्चालन हुने सूचनामा उल्लेखछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार