२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

चौंरीदेउराली गाउँपालिकामा ५२ करोड ३५ लाख ३ हजारको बजेट


१०२२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • चौरीदेउराली । चौंरीदेउराली गाउँपालिकाको छैठौं गाउँसभाले आ.व. २०७७/०७८ को लागि ५२ करोड ३५ लाख ३ हजारको बजेट पारित गरेको छ । यही असार ३१ गते बुधबार चौंरीदेउराली गाउँपालिकाको कार्यालय ढाँडखर्क भञ्ज्याङमा गाउँसभाले उक्त बजेट पास गरेको हो । गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले चौरीदेउराली गाउँपालिकाको छैटौं गाउँसभामा पेश गरेको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम पनि गाउँसभाले पारित गरेको छ । चौरीदेउराली गाउँपालिकाले आफ्नो छैटौं गाउँसभामा आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा अध्यक्ष दिननाथ गौतमले हिमालदेखि तराईसम्म जोड्ने अवधारणा ल्याएका छन् । चौरीदेउराली गाउँपालिकाको ६ नम्बर वडा बोक्सेसम्म आइपुगेको मध्यपहाडी लोकमार्गलाई चौरीखोला कोरिडोर बनाई हिमालदेखि तराईसम्म जोड्ने सडक बनाउन खोजेको हो । चौरीखोला कोरिडोर मध्यपहाडी लोकमार्ग सडक चौरी खेला बग्ने काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा हुँदै नेपालको उत्तरी नाका लामबगरसम्म पु¥याउन लागिएको हो । दोलखाको लामबगर पुग्दा सडकले अपर तामाकोशी जोड्दै चीन पुग्ने बाटो बन्नेछ ।

    उता दक्षिणतिर पनि चौरीखोला बग्दै जाने काभ्रेको दोभानटार, रामेछाप, सिन्धुली, महोत्तरीको बर्दीबाससम्म जोडिने छ । दोलखाको लामबगरदेखि महोत्तरीको बर्दिबाससम्म जोड्ने चौरीखोला कोरिडोर सडकको अवधारणा चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमसहितको सिंगो टिमले ल्याएको अवधारणालाई गाउँसभाका सम्पूर्ण गाउँसभासदहरुले गडगडाहट तालिकासाथ पारित गरेका थिए । उक्त अवसरमा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले प्रदेश सरकार, संघीय सरकारको सहकार्यमा मध्यपहाडी लोकमार्गमा चौरीखोला करिडोर एउटा ऐतिहासिक रणनैतिक सडक बनाउन पनि ध्यानाकर्षण गराएका थिए ।

    त्यसैगरी चौरीदेउराली गाउँपालिका वडा नं.६ को बोक्सेमा आइपुगेको मध्यपहाडी लोकमार्गलाई वडा नं. ५ राम्चेसम्म ल्याउन पहल गरी अरनिको मावि–राम्चे हुँदै मध्यपहाडी लोकमार्ग जोड्ने सडक खण्डलाई स्तरोन्नति गरी कालोपत्रे गर्न आवश्यक व्यवस्था मिलाउन चौरीदेउराली गाउँपलिकाले गाउँसभामा नीति तथा कार्यक्रम बनाएको छ । चौरीदेउराली गाउँपालिकाको वडा नंं १ बाङथली, २ नाग्रे, ३ माझीफेदा र ४ धुसेनी शिवालयलाई मध्यपहाडी लोकमार्गसँगै जोड्ने लिङ्करोड बनाउन बनाउन पनि गाउँसभाले पारित गरेको छ । त्यसैगरी रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला एवम् प्रदेश सरकारसँग समन्वय गरी मध्यपहाडी लोकमार्गलाई लिङ्क गर्ने र चौरीखोला कोरिडोरलाई लामबगर (अपर तामाकोशी) चिनियाँ नाकासम्म पुयाउन चौरीदेउराली गाउँपालिकाले ल्याएको अवधारणालाई प्रदेश सरकार, केन्द्र सरकारले आवश्यक सहयोग गर्ने कुरामा पनि आफूहरु विश्वस्त रहेको गाउँपालिकाको गाउँसभामा अध्यक्ष गौतमले बताए । चौरीखोला कोरिडोर सडक बन्दा हिमालमा फलेको अर्गानिक तरकारी, जडिबुटीलगायत सानो शैलुङ÷ठूलो शैलुङमा फलेको आलु, पुँडी, पाङचेतमा फलेको सुन्तलालगायत किसानहरुका अन्य उब्जाउ तराई पुग्ने र तराईमा पाइने कुरा सहजै हिमालसम्म पु¥याउन सकिने पनि अध्यक्ष गौतमले गाउँसभामा बताए ।

    त्यसैगरी अध्यक्ष गौतमले गाउँपालिकाभरीमा आर्थिक वर्ष २०७७÷०७८मा गरिने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा सरसफाईमा पनि गाउँसभाले नीति तथा कार्यक्रम पास गरेको छ । त्यसैगरी सिंचाई, युवा तथा खेलकूद, भवन तथा आवास, ऊर्जा, लघु तथा साना जलविद्युत, सूचना तथा सञ्चार, राजस्व परिचालनको अवस्थालगायतमा पनि गाउँसभाले आफ्नो नीति तथा कार्यक्रम पारित गरेको छ ।

    त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष ताराकुमारी चौलागाईं (गौतम)ले चौरीदेउराली गाउँपालिकाको छैटौं गाउँसभामा आ.व. २०७७/०७८ को पेश गरेको बजेट पनि गाउँसभाले पारित गरेको छ । उपाध्यक्ष ताराकुमारी चौलागाईंले पेश गरेको बजेट वक्तव्यमा भनिएको छ :
    विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगका कारण संसारले एकै पटक मानवीय र आर्थिक संकट सामना गर्नु परेको छ ।जसबाट हाम्रो गाउँपालिका पनि अछुतो रहेन ।यसले हाम्रो अर्थतन्त्रको प्रमुख क्षेत्रहरुमा समेत गम्भीर असर पार्ने सम्भावना छ । यस गाउँपालिकाको न्युन आन्तरिक स्रोत र नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण,राजस्व बाडँफाड तथा सशर्त अनुदानबाट गाउँपालिकाको बजेट निर्माणको प्रक्रिया देखि कार्यान्वयनको स्तरसम्म आईपुग्दा गत आ.व. को नीति, कार्यक्रमतथा बजेट सफलता पूर्वक कार्यान्वयन भएको कुरा गौरवका साथ यस उल्लासमय सभामा राखेकी छिन् । विभिन्न कठिनाई र चुनौती बिच बाट गत वर्ष प्रक्षेपण गरिएको आन्तरिक स्रोतलाई आ.व. को अन्तिमसम्म आईपुग्दा गत आ.व. को प्रक्षेपण रु. १ करोड २६ लाख १० हजार मध्ये कुल आन्तरिक राजस्व तथा ठेक्का आय रु. ४१ लाख ६१ हजार संकलन भएता पनि वित्तिय समानिकरण, राजश्व बाँडफाँड, आन्तरिक श्रोत समेतको अल्या गरी ठट लाख ७० हजार समेत आन्तरिक श्रोतको रुपमा कुल १ करोड १८ लाख ३१ हजार आम्दानी भएको सम्मानित सभालाई जानकारी गराउन चाहान्छु भनेकी छिन् । त्यसैगरी वित्तिय समानिकरण, राजस्व बाँडफाड तथा आन्तरिक श्रोत सशर्त अनुदान समेतबाट ७३५ कुल खर्च भई बजेटको कार्यान्वयनमा भएको व्यहोरा जानकारी गराएकी छिन् । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९को कारणले पुर्ण रुपमा विकाश खर्च गर्न समस्या भएको ब्यहोरा जानकारी गराइन् । विगत वर्षको अनुभव र हाल पारिचलन भएका साधन र स्रोत लाई सही ढंगले संचालन गर्न सकियो भने यस आ.व. मा राजस्व संकलन तथा विकास खर्चमा उत्साह पुर्ण सफलता प्राप्त हुने विश्वास लिएको बताएकी छिन् । आ.व. २०७७/७८ मा ६४ लाख ८० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। गत वर्षको राजस्व दर रेट हरुलाई प्राय यथावत कायम गरेको बताएकी छिन् ।

    जनताका माग तथा आवश्यकताहरुलाई दृष्टिगत गरि यस आर्थिक वर्षमा समाविष्ट योजनाहरुको कार्यान्वयनमा सवै राजनितिक दलहरु, विषयगत कार्यालयहरु, संघ संस्थाहरु र निजी क्षेत्रबाट पूर्ण सहयोग र सक्रियताको अपेक्षा गरेको बताएकी छिन् । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ३५ लाख ३ हजार विनियोजन गरिएको छ । उक्त रकम तपसील बमोजिमका स्रोतहरुबाट आम्दानी प्राप्त गरिने बताएकी छिन् ।
    उपाध्यक्ष चौलागाईंले चौरी देउराली गाउँपालिकाको गाउँसभामा पेश गरेको बजेटमा संघीय वित्तिय समानिकरण रु.९ करोड ४ लाख, संघीय राजस्व बाँडफाडबाट अनुमानित रु.६ करोड ७० लाख ८५ हजार विनियोजन गरेको बताएकी छिन् । त्यसैगरी नेपाल सरकार बाट प्राप्त हुने सशर्त अनुदान रु.२३ करोड ६४ लाख र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण ९९ लाख २६ हजार रहेको छ । त्यसैगरी प्रदेश सशर्त अनुदान रु.५ करोड ८ लाख ३४ हजार रहेको छ ।
    आ.व.को २०७६/०७७ (संघ, प्रदेश, जि.स.स. अनुदान समेत) को बाँकी मौज्दात र (आन्तरिक श्रोत) रु.६ करोड २३ लाख ६८ हजार रहेको छ । त्यस्तै आ.व. २०७७÷०७८ को अनुमानित आन्तरिक राजस्व रु.६४ लाख ९० हजार संकलन गर्ने अपेक्षा राखिएको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि जम्मा रकम ५२ करोड ३५ लाख ३ हजार रुपैयाँ भएको छ ।

    त्यसैगरी खर्च बजेटमा राजस्व बाँडफाड चालु र पुँजिगत खर्च रु.६ करोड ७० लाख ८५ हजार पेश गरेकी छिन् भने संघीय सशर्त अनुदान रु. २३ करोड ६४ लाख (चालु अनुदान ) रहेको छ । त्यसैगरी  प्रदेश सशर्त अनुदान रु.५ करोड ८ लाख ३४ हजार रहेको छ । वित्तीय समानीकरण तथा आन्तरिक स्रोत चालु÷पुँजीगत खर्च रु. १६ करोड ९१ लाख ८४ हजार गरी कुल बजेट ५२ करोड ३५ लाख ३ हजार हुन आएको हो । विकास खर्च (प्रशासनिक तथा कार्यालय संचालन र आन्तरिक श्रोत परिचालन बाहेक) खर्च रु. ११ करोड ४० लाख ३७ हजारको क्षेत्रगत व्यय अनुमानमा उनले आर्थिक विकास रु. २ करोड ७५ लाख ५ हजार २४.११ प्रतिशत पेश गरेकी छिन् । त्यसैगरी सामजिक विकास रु. ३ करोड २५ लाख ८२ हजार (२८.५७ प्रतिशत) पेश गरेकी छिन् । त्यसैगरी पुर्वाधार विकास रु. ३ करोड ८९ लाख ५० हजार (३४.१६ प्रतिशत) रहेको बताएकी छिन् ।

    त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. १ करोड ५० लाख (१३.१६ प्रतिशत) पेश गरेकी छिन् । उनले कार्यक्रममा सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि, आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु एवम् दिदी बहिनी तथा दाजुभाईहरु कोभिड १९ को जोखिमबाट सुरक्षित रहँदै सबल समृध्द र न्यायपूर्ण गाउँपालिका निर्माणमा योगदान गर्न आव्हान गर्दछु भनेकी छिन् । त्यसैगरी यस गाउँ सभामा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गरी दिनु भएकोमा यहाँहरुलाई हार्दिक धन्यवाद अर्पण गर्दै प्रस्तुत बजेट तथा कार्यक्रम पारित गरिदिनु हुन पनि उनले अनुरोध गरेकी थिइन् । चौरीदेउराली गाउँपालिकाकी उपाध्यक्ष ताराकुमारी चौलागाईंले पेश गरेको आ.व. २०७७/०७८ को बजेटलाई पनि गाउँसभाले गडगडाहट तालीका साथ बजेट पाश गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार