२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

छुरा प्रहार गरी फरार काभ्रेली तिर्थमानलाई प्रहरीले झ्याप


२६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • २५ असोज २०७७
    धुलिखेल । छुरा प्रहार गरी हत्या गरी फरार कर्तव्य ज्यान मुद्दाका फरार काभ्रेका एक व्यक्ति ८ वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बनेपाबाट खटिएको प्रहरी टोलीले उनलाई आज पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्राम थापाका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका बेथानचोक गाउँपालिका वडा नं. ४ का २२ वर्षिय तिर्थमान सुनार रहेका छन् । प्रहरीका अनुसार २०६९ साल कार्तिक ८ गते सुनारले साविक चलालगणेशस्थान वडा नं. २ का १८ वर्षिय एन्जल तामाङको छुरा प्रहार गरी गरेका थिए ।

    तामाङलाई छुरा प्रहार गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत काभ्रेले सुनारलाई २०७४ असार १४ गते २० वर्ष कैद सजाँय फैसला गरेका थियो ।

    सुनारलाई प्रहरीले भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकामा लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए । सुनारलाई जिल्ला अदालत, काभ्रेमा पेश गरीएकोमा अदालतको आदेशलेसुनारलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको थापाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार