काभ्रे । आज (आईतबार) काभ्रे जिल्लामा ४३ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ६ पुरुष २ महिला, पनौती नगरपालिकाबाट ८ पुरुष ६ महिला, नमोबुद्ध नगरपालिकाबाट १ महिला, मण्डनदेउपुर नगरपालिका बाट १ पुरुष , पाँचखाल नगरपालिकाबाट ३ पुरुष २ महिला र बनेपा नगरपालिकाबाट ९ पुरुष ५ महिला गरी ४३ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस