२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रेका मन्दिरमा दर्शनको लागि निषेध


२१३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रे । नेपालिहरुको महान चाड बडादशैंमा (घटस्थापनादेखि नवरात्रभर) काभ्रे जिल्लामा रहेको सवै शक्तिपिठ तथा मन्दिरहरुमा भक्तजनहरुको दर्शनका लागि निषेध गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेले आज काभ्रेमा रहेका १३ वटै स्थानिय तहहरुलाई सुचना पठाएर जानकारी गराएको छ । जारी सुचनामा उल्लेख गरेको छ “मन्दिरहरुमा गरिने नित्य पुजा बाहेकका अन्य सर्वसाधारणले गरिने पुजा तथा दर्शनमा निषेध गरिएको छ ।”

    विश्वमा फैलिएको कोरोना भाईरसको सक्रमणले काभ्रे पनि अछुतो नरहेको साथै संक्रमण फैलने क्रम निरन्तर रहेकोले मन्दिरमा दर्शनको लागि हुने भिडले गर्दा कोरोना संक्रमण थप फैलने भएकोले रोक लगाईएको उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालयको सुचनालाई अक्षरस पालना गराउने बिषयमा पाँचखाल नगरपालिकाले आजै (शुक्रबार) बाट सकृयता साथ कार्य अगाडी बढाएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार