२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

कोरोनाबाट पाँचखालका एक बृद्धको मृत्यु , काभ्रेमा मृतकको संख्या १३ पुग्यो


२०७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ४ साल अघि
  • १ कात्तिक, धुलिखेल । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

    दमको समस्याबाट पीडित उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको हो ।

    कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार ५० वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो । यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

    अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभेमा १३ जनाको मृत्यु भइसकेको छ, जसमध्ये आठ पुरुष र पाँच महिला छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार