काभ्रे । आज (आइतबार) काभ्रे जिल्लामा ३३ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ५ महिला ५ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ पुरुष १ महिला, पनौती नगरपालिकाबाट ७ पुरुष १० महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष १ महिला र बेथानचोक गाउंपालिकाबाट १ पुरुष गरी ३३ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस