काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ३१ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ४ महिला ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ पुरुष, पनौती नगरपालिकाबाट ५ पुरुष ५ महिला, पाँचखाल नगरपालिकाबाट १ महिला तेमाल गाउंपालिकाबाट १ पुरुष १ महिला, र धुलिखेल नगरपालिकाबाट १ महिला ५ पुरुष गरी ३१ जनालाई कोरोना पुष्टि भएको छ ।
कोरोनाको कारण पाँचखालकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको डा. झाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस