२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर नाका


२९७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ४ साल अघि
  • प्रिन्स मिश्रा कपिलवस्तु ,
    कार्तिक ४ । मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ l
    कृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ किलाे अफिम बरामद गरेकाे छ। दिउंसाे एक बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको अस्थाई प्रहरी पोस्ट ( लिंक गेट ) का प्रहरी नायब निरीक्षक रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल-भारत आवत जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीकाे झाेलामा ६ प्याकेटमा ३ किलो अफिम बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीकाे शरीर चेकजाँच गर्न लाग्दा प्रहरीलाई धक्का दिई झोला छाेडेर भारत तर्फ भागेका नायब निरीक्षक रेशम बहादुर जीसीले जानकारी दिनुभएको छ । प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएकाे भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले प्रहरीलाई टाउकाे दुखाई बनेकाे छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार