२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

४० बर्ष अघि राजा विरेन्द्रले कस्तो यस्तो संदेश दिएका थिए दशैमा


३८८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ४ साल अघि
  • –दिनेश राज खरेल

    श्री ५ महाराजधिराज वीरेन्द्र वीर वीक्रम शाहदेव बाट विजया दशमीको उपलक्ष्यमा बक्सेको सन्देश ।

    प्यारा देशवासीहरु,
    बडा दशैको यस बिहानीमा स्वदेश वा विदेशमा रहे, बसेका सम्पूर्ण नेपालीको सुख समृद्धिको निम्ति शुभ–कामना व्यक्तगर्न पाउँदा हामीलाई खुशी लागेको छ ।
    गत सालको घटनाक्रमवाट देशमा के कस्तो परिस्थितिको सिर्जनाभयो त्यो सबै देशबासीहरुलाई स्पष्ट भएकै कुरा हो । एकातिर हाम्रो समाजले देशको राजनैतिक परिपाटीमा केही सुधार चाहेको देखियो भने अर्काेतिर यस स्थितिवाट फाइदा उठाउन खोज्ने केही तत्वले प्रजातन्त्रको नाममा गैर जिम्मेदार कार्य गर्ने, असहिष्णुताको भावना फैलाउने र सामाजिक मर्यादाको उल्लंघन गर्ने कुचेष्टा समेत गरे ।

    परिणामत ः देशमा चालु विकासका अनेक योजनाहरु यसै बीचैमा अलमलिएको जस्तो समेत देखा परेका छन् । त्यसमाथि यस वर्ष भूकम्प तथा बाढीपहिरोको मारवाट सर्वसाधाराण जनताले कति दुःखकष्ट भोग्नु प¥यो त्यो पनि हामीले देख्यौं । भूकम्प पीडितहरुको लागि अधिराज्यका सवै क्षेत्रका नेपालीले सक्दो मरमदत जुटाउन उत्साह पूर्वक अगि सरेको र क्षतिग्रस्त इलाकामा पञ्चहरुले सक्रिय भई जनतामा सेवा पु¥याउन सकेको देख्न पाउँदा हामीलाई खुसी लागेको छ । देशमा कतै केही परेकाबखत यसरी सहयोग गर्न तत्पर हुने सबैलाई हामी धन्यवाद दिन चाहान्छौं ।

    देश वाहिर अन्तराष्ट्रिय रंगममञ्चमा एकातिर आर्थिक परिस्थिति जटिलहुँदै गएको देखिन्छ भने अर्काेतिर केही राष्ट्रहरुको होडवाजीको परिणाम स्वरुप कम विकसित साना राष्ट्रहरुका लागि अवस्था झन अप्ठ्यारो हुँदै गइरहेको छ । यही घटनाक्रम चलिरहेमा अनिवार्य संघर्ष तर्फ हामीहरु सबै बाध्यतावश धकेलिने छौं । यस्तो परिस्थितिमा देशलाई सकेसम्म संलग्न हुन नदिई जनताका आवश्यकताहरु पुर्ति गर्दै जाने र विकास योजनाहरुलाई अगाडि बढाउँदै लैजाने उदेश्य लिई नेपाललाई शान्ति क्षेत्र बनाउने हामीले आकांक्षा राखिराखेकाछौ । नेपालको यस प्रस्तावलाई सार्थक बनाउने देश बाहिर भन्दा पनि देश भित्रको स्थिति स्थिर हुन आवश्यक छ ।

    यसै सन्दर्भमा अबहामी देशवासीले चाहेको सुधार सहितको संविधानलाई प्रकाशमा ल्याउन कार्यरत भएकाछौं । नेपाली समाजमा परम्परादेखि रही आएको सेवाको आदर्श उच्चतम मानवतावादी मूल्य र भविष्य प्रतिको आस जस्ता दैवी प्रवृत्तिहरुका सामु जनजीवनलाई खल्बल्याउने आसुरी प्रवृत्तिका प्रयासहरु कदापि टिक्न सक्ने छैनने् । साथै देशप्रेमी नेपाली सबै आ–आफ्नो स्थानमा चनाखो रही देशकालागि कर्तव्य पालनागर्न चुक्ने छैनन् भन्ने हाम्रो विश्वास छ ।

    श्री दुर्गाभवानीले हाम्रो रक्षागरुन् ।
    जय नेपाल ।
    २०३७ सालकार्तिक ३ गते
    स्रोत तथा संकलन सामाग्री  
    श्री ५ को सरकार

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार