२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

वनको अग्नि रेखालाई सडकमा परिणत गर्न दिदैनौ —दुलाल


२७१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले वन समितिले आफ्नो प्रयोजनको लागि निर्माण गरेको बन भित्र अग्निरेखाको रुपमा रहेको सडक बन समितिसंग कुनै समन्वय नगरी कब नेपाल नामक संस्थाले प्रयोग गरेकोमा आपत्ति जनाउनु भयो ।
    काजिको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समूहको आज (विहिवार) २१ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै वडा अध्यक्ष दुलालले उक्त धारणा राख्नु भएको हो ।
    कार्यक्रममा वडा अध्यक्ष दुलालले विगत लामो समयदेखी पाँचखाल वडा नं १० मा संञ्चालन गर्दै आएको कव नेपालले आफ्नो शाखाहरु विस्तार गर्दै जाने क्रममा पाँचखाल वडा नं ६ बखे्रलडिहीमा स्थानिय तहसंग कुनै समन्वय नगरी दाना उद्योग संञ्चालन गरेकोमा आपत्ति जनाउनु भयो । उद्योगले पुर्याउनु पर्ने मापदण्ड साथै स्थानिय तहमा दर्ता हुनुपर्नेमा समेत नगरी उद्योग संञ्चालन भएकोमा आक्रोस व्यक्त गर्नुभयो ।
    कव नेपालले शाखा बिस्तार गर्दै जानेक्रममा धुलिखेल नगरपालिका वडा नं ११ बडालगाउंमा उद्योग संञ्चालन गरेको छ, तर सो उद्योगमा जाने सडक बनले आफ्नो सो प्रयोजनको लागि अग्निरेखाको रुपमा खनेको सडक बन समुह साथै वडासंग समेत समन्वय नगरी प्रयोग गरेकोमा वडा अध्यक्ष दुलालले आपत्ति जनाउनु भयो । १५५ घरधुरिले पिउने पानी व्यवस्थापनको लागि बैरिनि डिप वोरीङ्ग संञ्चालन गरेको र सो पानी पिउने उपभोक्ताहरुको लगानीमा बोरिङ्ग खन्न मेसिन लानको लागि अग्निेरेखाको रुपमा खनिएको वाटो सम्बन्धित पक्षहरुलाई लत्याउंदै प्रयोग गरेकोमा सो अग्निरेखालाई सडकको रुपमा प्रयोग गरी बन मास्न नहुने बताउनु भयो । अग्नि रेखालाई सडकको रुपमा प्रयोग गरिदै आएकोमा वन उपभोक्ता समुहले तत्काल बृक्षारोपन गरी सडक बन्द गर्नुपर्ने जुन कार्यको लागि वडाले सहयोग गर्ने बताउनु भयो ।

    वन उपभोक्ता समुहको अध्यक्ष शिवहरी पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वन समुहका सचिव निरन्जन ढुंगानाले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष रमेस पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समुहबाट प्रस्तुत भएको प्रतिवेदन सहज ढंगबाट पारित भएको थियो । कार्यक्रममा जोरपाटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तले वनको विगत बर्तमान र भविश्यको बारेमा धारणा राख्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार